बाढी पहिरोले सडक र पुलमा साढे २ अर्बको क्षति

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

Damage to roads and bridges due to floods and landslides is 2.5 billion

काठमाडौँ — केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभर सडक र पूलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ ।

सडक विभागले उपलब्ध गराएको प्रारम्भिक विवरण अनुसार सडकमा मात्र १ अर्ब ५० करोड रुपैयाँको क्षति भएको छ ।

पुलमा भने १ अर्ब २ करोड रुपैयाँ क्षति भएको हो । यो निर्माणमा लाग्ने खर्च सहितको क्षतिको विवरण भएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए ।

विभागका अनुसार १४ राजमार्गको ४२ स्थानमा अहिले यातायात ठप्प छ । त्यस्तै, दुईवटा बेलिब्रिज सहित ५ वटा पुलमा बाढीले क्षति पुर्‍याएको छ । क्षतिको विवरण आउने क्रम अझै भइरहेकाले थप हुनसक्ने महानिर्देशक पोखरेलले बताए ।

कान्तिपुर

Link copied successfully