सुस्ता गाउँ अझै जलमग्न

आश्विन १३, २०८१

नारायण शर्मा

Susta village still under water

नवलपरासी पूर्व — नारायणी नदीपारि रहेको सुस्ता गाउँ आइतबार पनि जलमग्न छ । नदीपारिका थारु टोल, बड्की टोल,पहाडी टोल र क्याम्प टोलका करिब डेढ सय घर डुबानमा परेका छन् । 

सशस्त्र प्रहरीका अनुसार नारायणी नदीमा आएको बाढी गाउँ पसेका कारण बस्ती डुबानमा परेको हो । डुबानमा परेका परिवारलाई नजिकको आश्रयस्थलमा राखिएको छ ।

स्थानीय मुन्सी कुमारका अनुसार बाढीपीडितहरुलाई सहमति संस्थाले निर्माण गरेको टहरा र त्यहाँको स्कुलमा राखिएको छ । त्यहाँ हरेक वर्ष डुबानको जोखिम रहेको भन्दै सहमति संस्थाले एक सय जना अट्ने क्षमताको पक्की घर निर्माण गरेको थियो ।

डुबानमा नपरेका घरहरुले समेत स्थानीयलाई आश्रय दिएका छन् । शनिबार दिउँसो नारायणी नदीको बाढी सुस्ताका विभिन्न टोलमा पसेको हो । आइतबार बिहानसम्म पनि त्यहाँ पानी घटेको छैन ।

बाढी पहिरो

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully