हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कोशीको बाढी

आश्विन १३, २०८१

अवधेशकुमार झा

Koshi flood at Hanumannagar Kankalini Municipal Office

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शनिबार रातिदेखि कोशीको बाढी पसेको छ । हनुमाननगरस्थित नगरपालिका कार्यालयमा कोशी नदीको बाढी पसेको हो ।

नगरप्रमुख वीरेन्द्र माझीका अनुसार नगरपालिका कार्यालयको भुईंतल्ला र एकतल्ले घरमा रहेका शाखाहरूमा पानी पस्दा कागजपत्र र सरसामानमा क्षति पुगेको छ ।

आइतबार बिहानदेखि कागजपत्र र सरसामान सुरक्षित गर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत किशोर रामले बताए ।

बाढी पहिरो

अवधेशकुमार

Link copied successfully