बीपी राजमार्गको सडक रोशीको बाढीले बगायो, यातायात ठप्प

आश्विन १२, २०८१

राजकुमार कार्कीर्

Road of BP highway washed away by Roshi flood, traffic stopped

सिन्धुली — बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका-१ नेपालथोक नजिक रोशी खोलाको बाढीले करिब ६० मिटर सडक बगाएपछि शनिबार बिहानैदेखि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

कालोपत्रे सहितको सडक बगाएर खोलाको बाढी भित्तामा नै पुगेकाले नघटेसम्म यातायात सञ्चालन हुन नसक्ने सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले बताए । बीपी राजमार्गमा घेरै ठाउँमा पहिरो झरेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले सुझाएको छ ।

राजकुमार

Link copied successfully