काठमाडौँ — देशभर आजमात्रै ६० स्थानमा बाढी र ८८ स्थानमा भारी वर्षा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत शनिबारदेखि हालसम्म ८९ स्थानमा बाढी र स्थानमा क्षेत्रमा भारी वर्षा भएको छ ।
विपद् पोर्टलअनुसार दोलखा गौरिशंकर-९, पाँचथर फिदिम-१, तेह्रथुम म्याङलुङ-२, मोरङ केराबारी-३, बारा कलैया-१लगायत विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मोरङ सुन्दरहैचा-३, संखुवासभा भोटखोला-२, सप्तरी सुरुगां-४लगायत ६० स्थानमा बाढीको संकेत देखाएको छ ।
यस्तै ७९ स्थानमा नदीले सतर्कता तह पार गरेको छ । वाग्मती नदीको १६ स्थानमा सतर्कता तह पार गरेको छ । कोसी, तिनाउ, नारायणी र वाग्मती नदीमा खतराको तह पार गरेको हो ।
