कोसी ब्यारेजको पुल माथिबाट बग्न थाल्यो बाढी

आश्विन १२, २०८१

अवधेशकुमार झा

The flood started flowing over the bridge of Kosi barrage

काठमाडौँ — सप्तकोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट बाढी बग्न सुरु भएको छ । 

ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । पछिल्लो मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख ४१ हजार क्यूसेक पानीको बहाव भइरहेको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । ब्यारेज पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

अवधेशकुमार

Link copied successfully