गोर्खा मिडियाको शेयर ब्रिक्रीमा लामिछाने र जोशीबाट राजस्व छली : प्रतिवेदन

आश्विन ४, २०८१

कान्तिपुर संवाददाता

Revenue evasion by Lamichhane and Joshi in share sale of Gorkha Media: Report

काठमाडौँ — सहकारी छानबिन संसदीय विशेष समितिले गोर्खा मिडियाको शेयर खरिद बिक्रीमा रवि लामिछानेले राजस्व समेत छली गरेको निष्कर्ष निकालेको छ ।

'कम्पनीमा शेयर खरिद बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी कीर्ते रूपमा तयार गरिएको देखावटी कागजलाई समेत कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छबिलाल जोशीको भनाई समेतबाट देखिन्छ' समितिको प्रतिवेदनको निष्कर्षमा छ,'त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासन विपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरवापत सरकारले प्राप्त गर्ने राजश्वमा समेत छली भएको देखिन आयो ।'

गोर्खा मिडियाबारे  समितिको निष्कर्ष 

कान्तिपुर

Link copied successfully