कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह :  छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजानुस्

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह :  छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजानुस्

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

'यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,' प्रधानमन्त्री दाहालले भने ।

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने प्रधानमन्त्री दाहालको भनाइ छ । 'नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्‍मा सुरू गर्न सकिन्थ्यो । तपाईंहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईंहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन,' उनले भने ।

प्रकाशित : असार २८, २०८१ १२:२६
x
×