एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह :  छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजानुस्

असार २८, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Dahal's request to UML-Congress: Do not lead the nation to conflict in the name of constitutional amendment by engaging in deception.

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे । 

'यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्,' प्रधानमन्त्री दाहालले भने ।  

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने प्रधानमन्त्री दाहालको भनाइ छ । 'नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्‍मा सुरू गर्न सकिन्थ्यो । तपाईंहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईंहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन,' उनले भने । 

कांग्रेस-एमाले गठबन्धनदाहालको सत्ता बहिर्गमन

कान्तिपुर

Link copied successfully