कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसद्मा विश्वास छ भन्ने प्रस्ताव पेस गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको पनि बताए ।

उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेस गर्नुहुँदैछ । त्यसमा छलफल गर्‍यौं । पार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्युहरूले आफ्ना काम कारबाहीबारे जानकारी गराउनु भयो । हामीले आज विश्वासको मत प्रस्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको पक्षमा मतदान गर्ने निर्णय गरेका छौं र ह्विप पनि जारी गरेका छौं ।’

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताए ।

प्रकाशित : असार २८, २०८१ ११:०७
x
×