संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा बचाइएको हो, अब पनि बचाइनेछ : प्रधानमन्त्री 

असार २८, २०८१

कान्तिपुर संवाददाता

The Constitution was saved when trying to tear it up in the middle of the night, it will be saved even now: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने बताएका छन् ।

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले सम्बोधन गर्दै  प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने  उल्लेख गरे ।

'यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन' प्रधानमन्त्री दाहालले भने,'उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।' 

दाहालको सत्ता बहिर्गमन

कान्तिपुर

Link copied successfully