सिन्धुली — लगातारको वर्षापछि खसेको पहिरो र बाढीले अवरुद्ध बीपी र मदन भण्डारी राजमार्ग शुक्रबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ ।
बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत काभ्रेको माम्ती खोलाको बाढी घटेपछि एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
उता मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा खसेको पहिरो स्काभेटर लगाएर पन्छाएपछि एकतर्फी यातायात चलेको छ ।
दुवै राजमार्गमा पूर्णरुपमा यातायात सञ्चालन हुन अझै केही समय लाग्ने सिन्धुली प्रहरी प्रमसख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
