कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बीपी र मदन भण्डारी राजमार्गमा एकतर्फी यातायात सञ्चालन 

सिन्धुली — लगातारको वर्षापछि खसेको पहिरो र बाढीले अवरुद्ध बीपी र मदन भण्डारी राजमार्ग शुक्रबार दिउँसोबाट एकतर्फी सञ्चालनमा आएको छ ।

बीपी र मदन भण्डारी राजमार्गमा एकतर्फी यातायात सञ्चालन 

बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अन्तर्गत काभ्रेको माम्ती खोलाको बाढी घटेपछि एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

उता मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा खसेको पहिरो स्काभेटर लगाएर पन्छाएपछि एकतर्फी यातायात चलेको छ ।

दुवै राजमार्गमा पूर्णरुपमा यातायात सञ्चालन हुन अझै केही समय लाग्ने सिन्धुली प्रहरी प्रमसख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्रकाशित : असार २८, २०८१ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×