कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुग्ध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारलाई एमाले प्रमुख सचेतक बर्तौलाको आग्रह

काठमाडौँ — नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुग्ध किसानहरूले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताए ।

दुग्ध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारलाई एमाले प्रमुख सचेतक बर्तौलाको आग्रह

उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए ।

उनले किसानहरूको जायज मागलाई अविलम्व सम्बोधन गरी दुधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । उनले दुध किसानहरूले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिब ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताए ।

‘संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गर्न पाउने त्यो नागरिकहरूको अधिकार हो । संवैधानिक हकको अधिकार हो । यो देशका झन्डै ६ लाख भन्दा बढी किसानले विशेष गरी दुध किसानहरूले आफूले बेचेको दुधको रकम भुक्तानी पाउँ भनेर आजदेखि काठमाडौंमा आन्दोलन सुरु गर्नुभएको छ । आज बिहानदेखि उहाँहरूले आन्दोलनका कार्यक्रम अघि बढाउनु भयो । यो आन्दोलनका कार्यक्रम उहाँहरूले अपर्झट कसैलाई थाहा नदिइ गरेको होइन,' उनले भने, 'प्रशासनलाई, गृह प्रशासनलाई जानकारी दिएर सूचना गरेर यो ठाउँमा कार्यक्रम गर्छु भनेर अनुमति लिएर उहाँहरूले धर्ना गर्दै हुनुहन्थ्यो । दुध किसानहरूले काठमाडौंको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो । प्रहरीहरूको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरूलाई गिरफ्तार गर्‍यो । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ ।'

उनले किसानहरूको माग जायज भएको बताएका छन् । उनले भने, 'उहाँहरूले दुध बेच्नुभयो । सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरूलाई बेच्नुभयो । दूध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे । सरकारबाट झन्डै २ अर्ब रुपैयाँ किसानहरूले रकम प्राप्त गर्नुपर्नेछ । निजीबाट झन्डै ३ अर्ब छ । ६ लाख किसानहरूको दूधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ । उहाँहरू भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ । दुधको भुक्तानी वक्यौता अविलम्व प्राप्त गराइयोस् । भुक्तानी गरियोस् ।’

उनले सरकारलाई वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्न आग्रह गरे ।

प्रकाशित : असार ५, २०८१ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×