कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ताप्लेजुङ पहिरो [अपडेट] : ४ जनाको मृत्यु, २ जना घाइते

आनन्द गौतम

ताप्लेजुङ — बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । 

ताप्लेजुङ पहिरो [अपडेट] : ४ जनाको मृत्यु, २ जना घाइते

मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीय श्रीमती जसमाया लिम्बू छिन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पहिरोमा पुरिएका हुन् । सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए ।

त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको थप टोली परिचालन गरिएको डीएसपी रावलले जानकारी दिए । अहिले सदरमुकाम फुङलिङसहित जिल्लाका धेरै ठाउामा वर्षा भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×