तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

जेष्ठ १८, २०८१

केदार शिवाकोटी

Tamakoshi Landslide: Rescue of 60 Stranded [Update]

दोलखा — विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि चीनसँगको सिमाना लप्ची गाउँमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यानकेन्द्रको उद्घाटन र दीर्घायु पूजामा सहभागी भई फर्कंदै गरेका २५ विदेशीसहित झण्डै ६० जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए ।

उनीहरु वैकल्पिकमार्ग प्रयोग गरी लामाबगर ल्याइएको विगु गाउँपालिका–१ अध्यक्ष मेमबहादुर तामाङले बताए । शुक्रबार बिहान करिब ११ बजेतिर विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीको बिचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको तामाकोशी सामान्य लयमा फर्किएको छ ।

सडक खन्ने क्रममा देउराली नजिकै खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो । पहिरो झर्नेक्रम भने नरोकिएको उनले बताए ।

बाढीपहिरो

केदार

Link copied successfully