प्रस्तावित नागमती बाँधको लाभ न्यूनतम रहेको र काठमाडौं उपत्यकाका जनतालाई गम्भीर जोखिममा पार्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् ।
काठमाडौँ — सरकारले नागमती नदीमा बाँध निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमा वाग्मती नदीको सहायक नदीमा बाँध निर्माण गर्ने जनाएका हुन् ।
'वाग्मतीको सहायक नदी नागमतीमा बाँध निर्माण गरी वर्षाको पानी सञ्चय गर्न जलस्रोत संरक्षण आयोजना अगाडि बढाइनेछ। जलस्रोतको संरक्षण र दिगो तथा बहुआयामिक उपयोग गर्न तालतलैया, पोखरी संरक्षण, जलाशययुक्त आयोजना निर्माण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ,' अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा उल्लेख छ ।
प्रस्तावित नागमती बाँधको लाभ न्यूनतम रहेको र काठमाडौं उपत्यकाका जनतालाई गम्भीर जोखिममा पार्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् । प्रतिसेकेन्ड ४ सय लिटर पानीको बहाव बढाउन निर्माण गर्ने भनिएको नागमती ड्याम शिवपुरी–नागार्जुन निकुञ्जको मध्यभागमा निर्माण हुने बताइएको छ । प्रस्तावित बाँध ९५ मिटर अग्लो हुने बताइएको छ ।
नागमती बाँध निर्माण गरेर वर्षाको पानी जम्मा गर्नेबारे सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । अस्ट्रेलियन परामर्शदाता कम्पनी एन्टुरा र टीएमएस नेपालले अध्ययन गरेका हुन् । यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । जसले करिब ५० हेक्टर जमिन ओगट्नेछ । ड्याम निर्माणको क्रममा साना–ठूला गरी करिब ३०/३५ हजार रूख काटिनेछन् ।
सम्बन्धित समाचार
