जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड विनियोजन

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

21 billion 600 million allocation for reconstruction after the Jajarkot earthquake

काठमाडौँ — सरकारले जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‍मा बजेट प्रस्तुत गर्दै पुनर्निमार्णलाई तीव्रता दिइने जनाएका हुन् । 

जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनर्निर्माणलाई तीव्रता दिइने अर्थमन्त्री पुनले बताए । सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी  तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिने बजेटमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully