२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

कतारी अमिरको भम्रण : दुईटा बिजनेस जेटसहित चार विमान काठमाडौंमा

सुरज कुँवर

काठमाडौँ — दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

कतारी अमिरको भम्रण : दुईटा बिजनेस जेटसहित चार विमान काठमाडौंमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखी ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम) लागू गरेको छ । यो समयभित्र कतारी अमिरको भ्रमणसँग जोडिएका दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण गर्नेछन् ।

स्रोतका अनुसार, अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएको थियो । जसमध्ये एउटा उडानमा अमिर रहनेछन् । भने अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहेकाछन् । सहयोगीहरू रहेको विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भइसकेको छ । एक अर्को एयरबसकै बिजनेस जेट विमान भने ‘स्ट्याण्ड–बाई’ का रुपमा अमिरको उडानसँगै काठमाडौंमा अवतरण गर्दै छ । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आउँदैछन् । चारवटा इन्जिन भएको त्यो विमान ३ सय ५० हाराहारी यात्रु क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जना हाराहारी हुने भनिएको छ ।

उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ विमान अमिरका लागि प्रयोग हुनेछ । ढाकाबाट मंगलबार दिउँसो ‘स्ट्याण्ड–बाई’ का लागि तोकिएको एयरबसको ए–३४०–२११ विमान अवतरण भइसकेपछि अन्तिममा अमिर सवार विमान अवतरण हुनेछ । उनको विमान एयरबसको ए–३४०–५४१ रहने भनिएको छ ।

यी सबै विमानकालागि काठमाडौंस्थित कतारी दूतावासमार्फत दोहाबाट कतार एयरवेजको सहायक कम्पनी ‘कतार एक्जिक्यूटीव’ ले पहल गरेको थियो ।

राजकीय भ्रमणकालागि चारवटा विमानमध्ये सोमबार गल्फ स्ट्रीम जी ६५० ईआर विमान काठमाडौंमा अवतरण भइसकेको छ । त्यो विमानले अमिरको बिजनेस जेटकालागि अवतरणपछि आवश्यक पर्ने जहाजका यन्त्र र उपकरणहरू ल्याएर आएको थियो । यो विमान लामो दुरीको उडानकालागि विश्वभर प्रख्यात छ । विश्वका भीभीआईपी, धनी, उद्यमी, सेलिब्रेटीहरू एक महादेशबाट अर्को महादेशको यात्रा गर्दा गल्फस्ट्रीम जी ६५० ईआर विमान प्रयोग गर्छन् ।

यो भ्रमणमा चारवटै विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ पार्किङबाफतको शुल्क बुझाउनुपर्ने छैन । तर, अमिरसहित सबै भीभीआईपीको प्रति यात्रु ३३ सय रुपैयाँ एयरपोर्ट सर्भिस चार्ज भने लाग्नेछ ।

प्रकाशित : वैशाख ११, २०८१ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?