कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने  

२१ तोपको सलामी दिइने 

वैशाख १०, २०८१

कान्तिपुर संवाददाता

The Emir of Qatar will be welcomed by President Paudel

काठमाडौँ — नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेर स्वागत गर्ने छन् ।

साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी लिएर सम्मान गरिनेछ ।

परराष्ट्र स्रोतका अनुसार कतारी अमिरले मंगलबार बेलुकी राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रीभोज दिनेछन् । बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता  हुनेछ । कतारी अमिर बुधबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।  

कतारका अमिरको नेपाल भ्रमण

कान्तिपुर

Link copied successfully