कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने  

२१ तोपको सलामी दिइने 

काठमाडौँ — नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेर स्वागत गर्ने छन् ।

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने  

साथै, कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी लिएर सम्मान गरिनेछ ।

परराष्ट्र स्रोतका अनुसार कतारी अमिरले मंगलबार बेलुकी राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रीभोज दिनेछन् । बुधबार बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । कतारी अमिर बुधबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : वैशाख १०, २०८१ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?