कतारका अमिरको नेपाल भ्रमण :  कतारलाई २ हात्ती उपहार दिइने  

वैशाख १०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

‘कन्जर्भेसन कूटनीति’ लाई जोड दिँदै नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिन लागेको एक वन तथा वातावरण मन्त्रालयका अधिकारीले जानकारी दिए ।

‘नेपालको तर्फबाट प्रधानमन्त्रीज्यूले दुई वटा हात्ती हस्तान्तरण गर्नुहुनेछ,’ ती अधिकारीले भने,‘हात्तीलाई कसरी स्याहारसुसार गर्ने भन्ने सम्बन्धमा बुझ्नको लागि नेपालमा कतारी अधिकारी आइसकेका छन् भने नेपालबाट पनि कतारमा गएर हात्तीलाई राख्ने ‘दोहा जु’ अवलोकन गरिसकेका छन् ।’

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले नेपाल सरकारले गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए । 

कतारका अमिरको नेपाल भ्रमण

कान्तिपुर

Link copied successfully