जनताको सेवा गर्नलाई वरीयताले फरक पर्दैन : उपप्रधानमन्त्री यादव

फाल्गुन २७, २०८०

कान्तिपुर संवाददाता

Ranking does not matter to serve the people: Deputy Prime Minister Yadav

काठमाडौँ — नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि 'पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो ?' भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा यादवले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताएका हुन् ।

ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ उनको छ । 'जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन,' उनले भने । 

यादवले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् ।  स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताए । 

कान्तिपुर

Link copied successfully