सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपतिका छोराहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

फाल्गुन २७, २०८०

कान्तिपुर संवाददाता

Home Minister's directive to investigate former Vice President's sons involved in gold smuggling

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार केहीबेर अघि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको प्रमाणसहितको सामग्री आइतबार कान्तिपुरमा प्रकाशित भएको छ । प्रकाशित सामग्रीलाई आधार बनाएर गृहमन्त्री लामिछानेले यससम्बन्धी घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।    

सुन तस्करी प्रकरण

कान्तिपुर

Link copied successfully