कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपतिका छोराहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपतिका छोराहरूमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालय स्रोतका अनुसार केहीबेर अघि लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको प्रमाणसहितको सामग्री आइतबार कान्तिपुरमा प्रकाशित भएको छ । प्रकाशित सामग्रीलाई आधार बनाएर गृहमन्त्री लामिछानेले यससम्बन्धी घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

प्रकाशित : फाल्गुन २७, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?