कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

डीपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्दै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । 

रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन् ।

त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन् ।

प्रकाशित : फाल्गुन २३, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?