गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता

फाल्गुन २३, २०८०

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार प्रदेशसभाअन्तर्गत माओवादी संसदीय दलकको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् । उनले आज नै प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेललाई पत्र बुझाएर समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन सातदलीय गठबन्धन भत्काएर नयाँ समीकरण बनाएसँगै कांग्रेसका मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्री बर्खास्त गरेका थिए ।  

सत्ता गठबन्धन हेरफेर

प्रतीक्षा

Link copied successfully