मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो, जसपाबाहेक तीन दलले मन्त्रीको नाम दिए आजै शपथ

बालुवाटारको बैठकबाट निस्केका नेताहरु आ-आफ्नो दलबाट पठाउने मन्त्रीहरूको नाम चयन गर्ने क्रममा छन् । तीनवटै दलले मन्त्रीको नाम पठाए बुधबारै शपथ हुनेछ ।

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

The Chief Ministry has almost been decided, except Jaspa, three parties named the ministers and took oath today

काठमाडौँ — जसपा अझ अनिर्णित अवस्थामा रहेपछि एमाले, माओवादी र रास्वपाका नेताले बुधबार आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन् । बालुवाटारमा बिहान बसेको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको छ ।

स्रोतकाअनुसार एमालेले भौतिक योजना, रक्षा  लगायतका मन्त्रालय लिने तयारी छ । माओवादीले अर्थ र परराष्ट्र मन्त्रालय  लिने सम्भावना छ । रास्वपाले गृह, शिक्षा, श्रम र युवा तथा खेलकुद लिनेछ । बालुवाटारको बैठकबाट  निस्केका नेताहरु आ-आफ्नो दलबाट पठाउने मन्त्रीहरूको नाम चयन गर्ने क्रममा छन् । तीनवटै दलले मन्त्रीको नाम पठाए बुधबारै शपथ हुनेछ । 

एमालेले गृह र अर्थ पाएको अवस्थामा विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी थियो । तर एमालेको भागमा दुवै नपर्ने अवस्थामा उपप्रधानसहित रघुवीर महासेठले सरकारको नेतृत्व गर्नसक्ने चर्चा छ । मा‌ओवादीमा नारायणकाजी श्रेष्ठ  परराष्ट्र र अर्थमा वर्षमान पुनको चर्चा छ । रास्वपामा सभापति रवि लामिछाने उपप्रधानसहित गृह हुनेछन् भने मन्त्री बनिसकेका डीपी अर्याललाई श्रम मन्त्रालय नै दिने तयारी छ ।

शिक्षा र  युवा तथा खेलकुदमा रास्वपाले कसलाई पठाउँछ टुंग्याउन बाँकी छ । यसअघि शिक्षामा शिशिर खनाल मन्त्री बनेका थिए । रास्वपाले विगतको निरन्तरता र समावेशीता बनाउने पनि  मन्त्री चयनको मापदण्ड बनाएको छ । त्यसैले लामिछाने र अर्याल मन्त्री बनिसकेको अवस्थामा उही समूदायबाट फेरि मन्त्री नबनाउने संभावना छ । शिक्षामा सुमना श्रेष्ठलाई लैजाने छ । यद्यपी तीनवटै दलले मन्त्रीका नाम भने औपचारिक रुपमा टुंग्याइसकेका छैनन् ।   

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully