एमालेबाट पौडेलद्वयबाहेक गत वर्ष दुई महिना मन्त्री बन्नेहरू नै दोहोरिने

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Apart from Paudeldwaya from UML, those who became ministers for two months last year will repeat themselves

काठमाडौँ — एमालेले विष्णु पौडेल र विमला राई पौड्यालबाहेक गत वर्ष करिब दुई महिना मात्र मन्त्री बनेकाहरूलाई पुन: मन्त्री बनाउने भएको छ । रघुवीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारको नेतृत्व गर्नेछन् ।

अन्य मन्त्री हुनेहरूमा राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, ज्वालाकुमारी साह, हरि उप्रेती र बलराम अधिकारी छन् । पदम गिरीले मन्त्रीको शपथ लिइसकेका छन् । उनीहरूलाई पुरानै मन्त्रालय दिने सम्भावना छ । नयाँ मन्त्रीहरूको शपथ आजै गराउने तयारीसमेत भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको छ । 

यसअघि रास्वपा र माओवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाइसकेको छ ।

सम्बन्धित समाचार

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully