माओवादीबाट सुदन किरातीबाहेक सबै मन्त्री दोहोरिए

नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ र हितबहादुर तामाङलाई पर्यटनको जिम्मा

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

All the ministers except Sudan Kirati from Maoist were reelected

काठमाडौँ — माओवादी केन्द्रले नयाँ सरकारमा अधिकांश पुरानै अनुहारलाई निरन्तरता दिने भएको छ । गठबन्धन परिवर्तनसँगै पुनर्गठन हुने मन्त्रिपरिषद्‍मा माओवादीले सुदन किरातीबाहेक सबैलाई दोहोर्‍याउन लागेको हो । 

माओवादीबाट यस पटक वर्षमान पुन र हितबहादुर तामाङबाहेक सबै मन्त्री दोहोरिने भएका छन् । केहीको मन्त्रालय हेरफेर भए पनि धेरैले पुरानै जिम्मेवारी पाउने भएका छन् ।

यस पटक गृहबाट बाहिरिएलगत्तै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधान एवं  परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ । उनी यसअघि  २०६८ सालमा परराष्ट्रमन्त्री बनेका थिए । पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठ दोस्रो पटक परराष्ट्रमन्त्री बन्न लागेका हुन् । त्यस्तै वर्षमान पुनलाई दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मा दिइने भएको छ ।

सञ्चारमा रेखा शर्मा र ऊर्जामा शक्ति बस्नेत नै दोहोरिने भएका छन् । सुदन किरातीको ठाउँमा माओवादीले हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिने भएको छ । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully