एमाले केन्द्रीय सचिवालयको बैठक जारी

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

UML Central Secretariat meeting continues

काठमाडौँ — नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गएराति भएको छलफलका विषयमा जानकारी गराएका छन् ।

महासचिव शंकर पोखरेलका सचिव सरोज रेग्मीका अनुसार टिआरसी, पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको आगामी भूमिका र रणनीतिबारे छलफल भइरहेको छ ।

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully