काठमाडौँ — नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । आइतबार राति एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा नयाँ सत्ता समीकरण, टीआरसी लगायतका विषयमा छलफल भइरहेको दाहाल सचिवालयले जनाएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री दाहालले अन्य दलका शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।
