कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कांग्रेस महासमिति बैठक : प्रतिवेदनमाथि सुझाव दिन प्रत्येक सदस्यलाई पाँच मिनेट

काठमाडौँ — नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरूले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । 

कांग्रेस महासमिति बैठक : प्रतिवेदनमाथि सुझाव दिन प्रत्येक सदस्यलाई पाँच मिनेट

आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय दिइएको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोसी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।

कांग्रेसको महासमिति बैठक फागुन १० गते बिहीबारसम्म चल्ने कार्यतालिका रहेको छ ।

समूहगत छलफलमा बुधबार सबै सहभागीहरूले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचार-प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी गराए । ‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरूको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं । सबै सदस्यहरूले आफ्ना धारणा तथा सुझाव राख्न पाउनु हुनेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०८० ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?