कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी कोइराला विजयी, माओवादीकी कार्की पराजित

विनोद भण्डारी

विराटनगर — राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेश महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् ।

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी कोइराला विजयी, माओवादीकी कार्की पराजित

एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीका अनुसार कोइराला निर्वाचित भएकी छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी छ । एमालेकी कोइरालले ५ हजार ८६ मत प्राप्त गरेको र माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी छन् ।

कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कांग्रेसबाट अन्य समूहमा कृष्ण सिटौला उम्मेदवार छन् ।

कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ थियो ।

प्रकाशित : माघ ११, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×