२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
राष्ट्रिय सभा निर्वाचन

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

माघ १४, २०८०

राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका ...

राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना विजयी

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । 

राष्ट्रिय सभा चुनाव : कोशीमा कांग्रेसका कृष्ण सिटौला विजयी

राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी भएका छन् । सत्ता गठबनन्धबाटै उम्मेदवार बनेकी माओवादीकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बनेका सिटौला भने विजयी भएका हुन् ।

राष्ट्रिय सभा चुनाव : वाग्मतीका चारै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा   सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी भएको छ । हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र  अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । 

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा माओवादीका सुवेदी र कांग्रेसकी सापकोटा विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्य समूहतर्फ माओवादी केन्द्रका ६१ वर्षीय झक्कुप्रसाद सुवेदी र महिला समूहतर्फ कांग्रेसकी ५७ वर्षीया विष्णुकुमारी सापकोटा विजयी भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी कोइराला विजयी, माओवादीकी कार्की पराजित

राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेश महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छन् । उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् ।

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतगणना जारी

राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णालीमा मतगणना जारी छ । बिहीबार अपराह्न साढे ४ बजेपछि मतगणना सुरू भएको निर्वाचन अधिकृतको कार्यालयका उज्जवल रावलले बताए । 

मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए । 

लुम्बिनीमा ३०३ मत खस्यो, दुई उपाध्यक्ष अनुपस्थित

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा ३०३ मत खसेको छ । कुल ३०५ मतदातामध्ये दुई जना उपाध्यक्ष भने उपस्थित भएनन् । प्रदेसभा सदस्यतर्फ ८७ मतदाता रहेकोमा ५४ पुरूष र ३३ महिला गरी ८७ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कोशीमा हर्क साम्पाङसहित तीन जनाले गरेनन् मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीमा तीन स्थानीय तहका प्रमुखले मतदान गरेनन् । मतदान नगर्नेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार र झापा गाउँपालिका प्रमुख जयनारायण साह रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा सकियो मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता छन् ।

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा एक घण्टामा ४१ प्रतिशत मत खस्यो

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका दुई सिटका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा जारी मतदानमा अहिलेसम्म ४१ प्रतिशत मतदान भएको छ ।

राष्ट्रिय सभाका १९ सिटमा चुनाव आज, ५१ उम्मेदवार

आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान हुँदै छ । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । 

निर्वाचन निष्पक्षरूपमा सम्पन्न गर्न आयोगको आग्रह

निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा   

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुईवटा मतदान केन्द्र राखिएको छ । बिहीबार हुने चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

संविधान कार्यान्वयनका अवरोध पन्छाएर जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य : पुन

संविधान कार्यान्वयनको क्रममा खडा गरिएका अवरोध हटाएर जनतालाई अधिकार सम्पन्न गर्न माओवादी केद्र, कांग्रेसलगायतका राजनीतिक दलबीच गठबन्धन भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् । उनले माओवादी, कांग्रेसलगायतका दलहरूको सत्ता गठबन्धन वर्तमान प्रतिनिधिसभाको कार्यकालभर चल्ने दाबी गरेका थिए । 

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि कानूनको व्यवस्थाबमोजिम खर्चको सीमा तोकेको हो । आयोगले तोकेअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरुले अधिकतम ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाउने छैनन् ।

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनका १९ उम्मेदवार जिताउन शीर्ष नेताहरुको अपिल

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त अपिल जारी गर्दै आह्वान गरेका हुन् ।