कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

अजित तिवारी

जनकपुर — राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए । 

मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर भएका प्रदेश सांसद शर्माले राष्ट्रिय सभाको चुनावमा मत हालेनन् ।

यस्तै, राष्ट्रिय सभाको निर्वाचनलाई बिथोल्ने मनसायले प्रभु साहको पार्टी आम जनता पार्टी (आजपा)ले जनकपुर लक्षित गरेको प्रदर्शनमा धनुषा प्रहरीले उनका ६० जनाभन्दा बढी कार्यकर्ता नियन्त्रणमा लिएको छ ।


प्रकाशित : माघ ११, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×