जाजरकोट — प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित जाजरकोट आएका हुन् ।
प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नुका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह पनि प्रभावित क्षेत्रमा आएका छन् ।
