वीरेन्द्रनगर — प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरबेसमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो
प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए। उनका अनुसार आवश्यकताअनुसार सोधभर्ना गर्नेगरी बजेट खर्चसम्बन्धी व्यवस्था मिलाइएको छ।
