भारत सबै किमिसको सम्भव सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री मोदी

कार्तिक १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत उनले भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै दु:खद घडीमा भारत नेपाली जनताका साथ उभिएको बताएका हुन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको एक्स ह्यान्डललाई मेन्सन गरेर मोदीले सहयोगको लागि तयार रहेको उल्लेख गरेका हुन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । दु:खद घडीमा भारत नेपाली जनतासँगै उभिएको छ र सबै किमिसमको सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्,‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्दछौं ।’

— Narendra Modi (@narendramodi) November 4, 2023

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully