रुकुम पश्चिम — भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबीसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए ।
हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उनले जानकारी दिए ।
डीएसपी भट्टराईका अनुसार भूकम्पका कारण जिल्लामा ३८ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको हो । उद्धार र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट हुँदै रुकुमपश्चिमको चौरजहारी अस्पतालमा पुगिसकेका छन् ।
