हेटौंडा — वाग्मती प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरुलाई राहतस्वरूप एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
शुक्रबार राति कर्णालीप्रदेशअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत, उद्धार, र पुनर्निर्माणका लागि वाग्मती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको हो ।
आपत्कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । मुख्यमन्त्री जम्कट्टेलका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिने छ ।
