भूकम्प प्रभावितका लागि सुदूरपश्चिम सरकारले एक करोड दिने

२० स्वास्थ्यकर्मीको टोली पठाउँदै 

कार्तिक १८, २०८०

अर्जुन शाह

धनगढी — जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा प्रभावित भएकाहरूको राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ प्रदान गर्ने भएको छ । उद्धार, राहत र पुनःस्थापनाका लागि सुदूरपश्चिम सरकारले उक्त रकम सरकारी कोषमा जम्मा गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री झपटबहादुर साउदले स्वास्थ्य उपचारमा सहयोग गर्न औषधिसहित २० जना स्वास्थ्यकर्मीको टोली आजै धनगढीबाट भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागिएको बताएका छन् । 

जाजरकोट भुकम्प

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully