भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने

कार्तिक १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारू भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी प्रबन्ध गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले उद्धार कार्य र सूचना आदान प्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ ।

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully