एमालेलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

नारायण शर्मा

नवलपरासी पूर्व — आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्य गत निर्वाचनमा गोर्खाबाट  बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए ।

एमालेलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

मन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखलाई पत्र पठाउने भएका छन् । आचार्य भट्टराई नेतृत्वको पार्टीबाट गोर्खा क्षेत्र नम्बर २ को १ बाट उनी विजयी भएका हुन् । उनलाई त्यतिबेला नेपाली कांग्रेसले सर्मथन गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका हुन् । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको भन्दै उनलाई हटाउने तयारी गरिएको हो ।

मन्त्री आचार्य मन्त्रीकै हैसियतमा एमालेको प्रचारमा बागलुङलगायतका जिल्लामा समेत सक्रिय रहेको पाइएपछि पार्टी उनकै पार्टीको निर्देशनमै हटाइने भएको स्रोतको भनाइ छ ।

गण्डकी प्रदेश सरकारमा बाबुराम भटराई नेतृत्वको पार्टीबाट २ प्रदेश सभासदस्य रहेका थिए । अर्की गोर्खाकै धनमाया लामा हुन् । उनी समानुपतिकबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

प्रकाशित : कार्तिक २२, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?