रौतहट — मधेस कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार रौतहटमा आयोजित एक कार्यक्रमबीच कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापति कृष्णाप्रसाद यादव, संकल्पपत्र तयारी समितिका संयोजक वृहस्पतिकृष्ण श्रेष्ठलगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
उक्त घोषणापत्रले कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारले आगामी ५ वर्षभित्र गर्ने मुख्य १० काम र प्राथमिकताको सम्बन्धमा चर्चा गरिएको छ । घोषणापत्रमा लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, युवा तथा खेलकुद विकास, दलित जनजाति मुस्लिम तथा पिछडावर्ग उत्थान, अन्तरप्रदेश सम्बन्ध र प्रदेश र संघबीचको सम्बन्धमा विशेष जोड दिइएको छ ।
घोषणापत्रले केही लोकप्रिय कार्यक्रमहरूसमेत अघि सारेको छ । सुशासनअन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री जनता दरबार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
आर्थिक विकासअन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न निर्ब्याजी ऋणको व्यवस्था गर्ने कार्यक्रम अघि सारिएको छ । ‘घरघर खाद्य, खेतखेत सिँचाइ’ भन्ने नारा अघि सार्दै घोषणापत्रमा ग्रामीण कृषि सडक, सिँचाइ, बिउबिजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिइएको छ । ७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवथा गर्ने उल्लेख गरिएको छ ।
५ वर्षको अवधिमा हाल ६०० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आयलाई १५०० डलर पुर्याउने लक्ष्यसमेत घोषणापत्रमा लिइएको छ । जनकपुर चुरोट कारखानालाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी सरकारले वीरगन्ज ठोरी, वीरगन्ज पथलैया, जनकपुर ढल्केवर र गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना बनाइएको छ ।
भौतिक पूर्वाधारअन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्याउने, काठमाडौं-निजगढ फास्टट्य्राक निर्माणमा तीव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराजदेखि वीरगन्जसम्म पुर्याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।
मधेसको सारक्षरता अभिवृद्धि तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्न यो अवधिमा मधेसभित्र इन्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानुन र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरूसमेत अघि सारेको छ । स्वास्थ्य क्षेत्रअन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिनेसमेत जनाइएको छ ।
घोषणापत्रमा ८० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिन भनेको छ । यसअघि केन्द्रीय घोषणापत्रले ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।
घोषणा पत्रमा केही लोकप्रिय कार्यक्रमहरु समेत अघि सारेको छ । सुशासन अन्तर्गत प्रत्येक महिना मुख्यमन्त्री, जनता दरबार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । सबैको साथ, सबैको विकास’ भन्ने नारालाई अघि सारेर पूर्वाग्रहरहित सरकार सञ्चालनको सोच बनाइएको प्रदेश सभापति यादवले बताए । आर्थिक विकास अन्तर्गत कृषि उत्पादन अभिवृद्धि गर्न निर्ब्याजी ऋणको व्यवस्था, घरघर खाद्य, खेतखेत सिंचाइ’ ग्रामीण कृषि सडक, सिंचाइ, बीउबीजन, कोल्डस्टोर निर्माणलाई प्राथमिकता दिइएको छ ।
७० वर्षभन्दा बढी उमेरका व्यक्तिका लागि किसान पेन्सनको व्यवथा गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ । जनकपुर चुरोट उद्योगलाई विद्युतीय चुल्हो कारखानाको रुपमा विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी सरकारले वीरगञ्ज ठोरी, बीरगञ्ज पथलैया, जनकपुर ढल्बेवर र गोलबजार लहानमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने योजना अघि सारेको छ । भौतिक पूर्वाधार अन्तर्गत पानी बिजुली र सञ्चारको पहुँच सबै घरमा पुर्याउने,काठमाडौं–निजगढ फास्ट्रयाक निर्माणमा तिव्रता दिन पहल गर्ने, रेल सेवालाई विस्तार गरी राजविराज देखि वीरगञ्ज सम्म पुर्याउने, प्रदेशका सबै विमानस्थलको स्तरोन्नति गर्ने तथा निजगढ विमानस्थल बनाउन पहल गर्ने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा सबै जनताको आफ्नै घर, राम्रो शिक्षा, स्वास्थ्य उपचारको व्यवस्था, स्वच्छ खानेपानी, बिजुली, सर्वसुलभ यातायात, सुरक्षा तथा सम्मान तथा सर्वसुलभ सञ्चार उपलब्ध भएमात्रै प्रदेश समृद्ध समुन्नत र सुखी हुने कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितिशकुमार गुप्ताले जनाए ।
कांग्रेस मधेसको संकल्पपत्र
