रुपन्देहीमा निर्वाचनका लागि साढे ५ हजार जनशक्ति खटाइने

कार्तिक २०, २०७९

अमृता अनमोल

बुटवल — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रुपन्देहीमा ५ हजार ६ सय ३१ जनशक्ति खटाइने भएको छ । सुरक्षाकर्मीसहित २ हजार ३ सय ६० जना म्यादी प्रहरीसमेत खटाइने प्रमुख निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र छन् । रुपन्देहीमा २ सय ८ मतदानस्थल छन्‚ त्यसमा ७ सय २ मतदान केन्द्रमा ७ सय २ मतदातदान अधिकृत, त्यति नै सहायक मतदान अधिकृत, ३ हजार ५ सय १० सहायक कर्मचारी, ७ सय २ सहयोगी कर्मचारी परिचालन गरिने छ ।

सहायक प्रमुख निर्वाचन अधिकृत शोभाकर खरेलले निर्वाचन सम्पन्न गराउन जनशक्ति व्यवस्थापन र मतदानस्थलहरूमा निर्वाचन सामग्री पुर्‍याउने काम सुरु भएको बताए ।

जिल्ला जनशक्ति समन्वय समितिले उपलब्ध गराएको जनशक्ति सबै निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा खटाउने व्यवस्था गरिएको उनले जनाए । रुपन्देहीका ६५ मतदानस्थल सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचीमा परेका छन् ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully