स्वतन्त्र उम्मेदवार घर्तीले तीर्थ लामालाई साथ दिने

कार्तिक २०, २०७९

ज्योती श्रेष्ठ

काभ्रे — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ का लागि प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका दुर्गाबहादुर घर्तीले लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामालाई साथ दिने भएका छन् । घर्तीले लामालाई सघाउने गरी आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । 

खानीखोला- २ फलामेटारमा भएको कार्यक्रममा घर्तीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । घर्तीले सो क्षेत्रको विकास, समृद्धिका लागि तीर्थ लामा र गठबन्धनको जित आवश्यक रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताए । 

संविधान बनाउन योगदान गरेका, काभ्रेको भूगोल बुझेका, विकासलाई हरेक बस्तीसँग जोड्न सक्ने विकासप्रेमी, युवामाझ लोकप्रिय, काभ्रे कांग्रेसका सभापति रहेका लामा विजयी भए आफ्नो क्षेत्रको विकास हुने भएकाले आफूले समर्थन गरेको बताए ।

आमनिर्वाचन २०७९

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully