असोज २० गते नेपाल फर्किन्छु : सन्दीप लामिछाने

आश्विन १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । 

न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गरेका छन् । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले 'निको' भएको बताएका छन् ।

उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् । यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए ।

 १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।

 

यो पनि पढ्नुहोस् :

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी 

सबै आरोपको सामना गर्न तयार छु : सन्दीप लामिछाने 

सन्दीप भन्छन् : मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

सन्दीप लामिछाने

कान्तिपुर

Link copied successfully