२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
सन्दीप लामिछाने

नाबालिग बलात्कारको सफाइ नपाउँदै राष्ट्रिय टोलीमा सन्दीप

माघ २७, २०७९

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई समेट्दै नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान...

असोज २० गते नेपाल फर्किन्छु : सन्दीप लामिछाने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल फर्किने बताएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । 

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । उनीविरुद्ध तीन दिनअघि (शुक्रबार) नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

सन्दीप भन्छन् : मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् ।

कहाँ छन् सन्दीप ?

नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछाने अझै सम्पर्कविहीन बनेका छन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो ।

सबै आरोपको सामना गर्न तयार छु : सन्दीप लामिछाने

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफूमाथि लागेका सबै आरोपको सामना गर्न तयार रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताउँदै आरोपको सामना गर्न तयार रहेको बताएका हुन् ।

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।

सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

आफ्नै नेतृत्वको क्रान्तिले जसलाई निल्यो

रन्दा लगाएको जस्तो चिल्लो ललाटमा कुनै मानचित्रझैं रातो टाटो देखिने व्यक्ति संसारको सबैभन्दा ठूलो देशको सर्वोच्च पदमा पुगेको डेढ वर्षपछि म उच्च शिक्षा अध्ययनका लागि मस्को पुगेको थिएँ, १९८६ को सेप्टेम्बरमा ।