प्रधानसेनापतिलाई ज्ञवालीकाे प्रश्न- एसपीपीका लागि कसले अथाेराइज गरेको थियाे ? 

काठमाडौँ — नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हाे भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गरेका छन् । 

प्रधानसेनापतिलाई ज्ञवालीकाे प्रश्न- एसपीपीका लागि कसले अथाेराइज गरेको थियाे ? 

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार एमाले सांसद ज्ञवालीले प्रधानसेनापतिलाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएकाे हाे भनेर साेधेका हुन् ।

एमालेले कांग्रेस नेतृत्वको सरकारले स्वीकृति दिएकाे आराेप लगाइरहेको छ । एसपीपी स्विकार्न सेनाले पत्र लेखेको समयमा प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली थिए । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा एसपीपीका लागि पत्र लेखिएकाे थियाे ।

प्रकाशित : असार ३, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?