कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एसपीपीबारे पोखरेल- पोल खुल्दै गएपछि एमालेको टाउकोमा हाल्ने प्रयास गरियो

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्कालीन कांग्रेस नेतृत्वका सरकारहरूले सकारात्मक प्रतिक्रिया अमेरिकालाई दिएको तर अहिले विवादमा आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

एसपीपीबारे पोखरेल- पोल खुल्दै गएपछि एमालेको टाउकोमा हाल्ने प्रयास गरियो

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले सन् २०१५ र २०१७ का सुशील कोइराला र शेरबहादुर देउवा सरकारले एसपीपीबारे अमेरिकी प्रस्तावमा सकरात्मक प्रतिक्रिया दिएको दाबी गरे ।

'सबैभन्दा पहिले सन् २०१५ र २०१७ मा प्रस्ताव औपचारिक ढंगले सकारात्मक प्रतिक्रिया दिएर नेपालको तर्फबाट पठाइएको थियो । सन् २०१५ मा यो मुलुकमा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थियो ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ? सन् २०१७ मा जसले यो एसपीपीलाई सकारात्मक ढंगले अमेरिकालाई पठायो त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ?,' उनले भने, 'सन् २०१५ मा यो मुलुकको प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । २०१७ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । रक्षामन्त्रालय कसले चलाएको थियो शेरबहादुरजीले राम्रोसँग बुझ्नुहुन्छ ।'

एसपीपीको विषय सार्वजनिक भएपछि त्यसलाई सुरुमा थाहा नपाएको जस्तो गरिएको र पछि लुकाउने प्रयास भएको पोखरेलको भनाइ थियो । 'पोल खुल्दै गएपछि एमालेको टाउकोमा आरोप लगाउने प्रयास भयो,' उनले भने । त्यसबेला प्रस्ताव पठाउने काम भएको र अहिले एमालेप्रति आक्षेप लगाउन लागिएको उनको भनाइ थियो । सत्ता टिकाउन विभिन्न अभिव्यक्ति गठबन्धनका नेताबाट आइरहेको भन्दै पोखरेलले प्रमाणसहित आउन चुनौती दिए ।

एमाले सरकारमा रहेको बेला अमेरिकी सुरक्षा अधिकारी तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीकहाँ आएको र कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने जवाफ दिइएको पोखरेलको भनाइ थियो ।

प्रकाशित : असार २, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?