कांग्रेस महामन्त्री शर्माले भने- 'एसपीपी स्वीकार्य छैन'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महामन्त्री शर्माले भने- 'एसपीपी स्वीकार्य छैन'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार्य नभएको बताएका छन्। महामन्त्री शर्माले बुधबार ट्विट गर्दै नेपाली कांग्रेस र त्यसको नेतृत्वको सरकारले एसपीपी स्वीकार्य नहुने धारणाको प्रतिनिधित्व गर्ने बताएका छन् । 

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ - नो थ्याङ्कस’ उनले लेखेका छन्, ‘एसपीपी हामीलाई स्विकार्य छैन !’

अमेरिकाको नेशनल गार्डसँगको सहकार्य सम्बन्धी दस्तावेज सार्वजनिक भएपछि राजनीति तरंगित बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणअघि एसपीपी सम्बन्धी दस्तावेज सार्वजनिक भएको हो।

‘का‌ंग्रेसको धारणा यही (अस्वीकार गर्ने) बन्नेछ र का‌ंग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ’ शर्माले लेखेका छन् ‘हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’

यसअघि कांग्रेसका अर्का महामन्त्री गगन थापाले एसपीपी अस्वीकार्य भएको भन्दै त्यस विषयमा प्रधानमन्त्री देउवाले संसदमै जानकारी गराउनु पर्ने माग गरेका थिए। विपक्षी दलहरुले पनि त्यस विषयमा सरकारको धारणा माग गरेका छन् ।


प्रकाशित : असार १, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

राज्यमन्त्री घटना छानबिन गर्न समिति बनेको जानकारी दिएपछि सदन सुरु

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आगामी वर्षको बजेट ल्याउन सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको हर्कतबारे आधिकारिक धारणा माग गर्दै अवरोध गरेको थियो । यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।

प्रदेश सभाको बैठकमा सरकारले घटनाबारे आधिकारिक धारणा प्रस्तुत गर्ने सहमतिमा सभा चलेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आधिकारिक धारणा राख्दै राज्यमन्त्री खत्री प्रकरणको अध्ययन गर्न लुम्बिनी प्रदेश सरकारले छानबिन आयोग गठन गरेको जानकारी दिए । उनले सरकारले जनताको जिम्मा लिएको सरकारले सबै जनताप्रति उत्तिकै जवाफदेयी हुन छानबिन समिति गठन गरेको र त्यसका आधारमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माको संयोजकत्वमा कानुनमन्त्री रमा घर्ती र मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको छानबिन समिति गठन गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री शर्माले समितिलाई १५ दिनभित्र घटनाका विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको बताए ।

राज्यमन्त्री खत्रीले मंगलबार बिहान दाङको तुलसीपुरस्थित एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र नाबालिका छोरीमाथि कुटपिट गरी कोठाको सामान तानेर छरपस्ट गराइदिएकी थिइन् । राज्यमन्त्री खत्रीविरुद्ध बस्नेतपत्नी मीना बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित : असार १, २०७९ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×