कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी एसपीपी प्रस्ताव स्वीकार नगर्न सरकारलाई अनेरास्ववियूको चेतावनी

काठमाडौँ — नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदामा हस्ताक्षर नगर्न सरकारसँग माग गरेको छ ।

अमेरिकी एसपीपी प्रस्ताव स्वीकार नगर्न सरकारलाई अनेरास्ववियूको चेतावनी

उक्त सम्झौता नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति लगायतको विपक्षमा रहेको भन्दै अनेरास्ववियूले बुधबार एक विज्ञप्ति जारी गरेको छ । अनेरास्ववियूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भर्खरै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका अधिकारीले नेपाल सामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र निति, पंचशीलको सिद्धान्त लगायत नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनीतिक हिसावले यो हाम्रो मुलुकको लागि घातक हुने अनेरास्ववियूको धारणा रहेको छ । अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोज्ने वैदेशिक हस्तक्षेपको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ ।'

उक्त सम्झौताले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लंघन गर्नुका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने अनेरास्ववियूले जनाएको छ । तर सरकारले सम्झौतामा हस्ताक्षर गरेको खण्डमा आफूहरूले कडा आन्दोलन गर्ने अनेरास्ववियूले चेतावनी दिएको छ ।

अध्यक्ष सुदेश पराजुलीद्वारा जारी हस्ताक्षरमा भनिएको छ, 'यदि यो अनुरोधलाई वेवास्था गरी एमसीसी र आइपीएसको कम्पोनेन्ट एसपीपी सम्झौता लागू गर्दै नेपाललाई विदेशीहरूको युद्ध मैदान बनाइन्छ भने अनेरास्ववियू यसका विरुद्ध कडा भन्दा कडा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।'

प्रकाशित : असार १, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?