१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाली सेनाको क्षमता वृद्धिका लागि अमेरिकी एसपीपी सम्झौता : सांसद विश्वकर्मा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन् ।

नेपाली सेनाको क्षमता वृद्धिका लागि अमेरिकी एसपीपी सम्झौता : सांसद विश्वकर्मा

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए ।

उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप बलियो बनाउन उक्त सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताए । ‘नेपाली सेनाको सशक्तिकरणका लागि, नेपाली सेनाको आधुनिकीकरणका लागि र नेपाली सेनाको सैन्य क्षमता वृद्धिको लागि साथै संयुक्त राष्ट्रसंघमा नेपाली सेनाले खेलेको महत्वपूर्ण शान्ति सेनाको भूमिकालाई थप क्रियाशील र बलियो बनाउनका लागि हो भन्ने बुझाइमा नेपाल सरकारले काम गरिराखेको छ । अमेरिकी सेना र सेनाका प्रतिनिधिहरु पनि विगतमा पनि आउनुहुन्थ्यो अहिले पनि त्यसै सीमाभित्र रहेर आउनुभएको भन्ने म बुझ्दछु,’ सांसद विश्वकर्माले भने ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?